२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

संवैधानिक परिषदको बैठक सकियो, कुनै पनि नियुक्ती भएनन्

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ। बैठकमा नियुक्तिबारे छलफल मात्रै भएको छ। परिषदका सदस्य एंव राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठकले कुनै नियुक्ति नगरेको जानकारी दिए। उनले रिक्त रहेको पदमा नियुक्तिबारे छलफल मात्रै भएको बताए ।

सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनै संवैधानिक परिषद्को बैठक बसेको थियो। मंगलबार दिउँसो आकस्मिक रुपमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशका आधारमा बैठक बसेको हो।

अध्यादेशले अध्यक्षसहित कम्तिमा बहालवाला बहुमत सदस्यको उपस्थिति भएमा निर्णय गर्नसक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएको थियो । अहिले पाँचजना सदस्य रहेको परिषदमा दुईजना उपस्थित नभए पनि अध्यक्ष ओलीले बैठक राखेका हुन्। बैठकमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*