सभामुख नगएपछि संवैधानिक परिषद्‍को बैठक स्थगित

न्यूज समय

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्‍को बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको बैठक स्थगित भएको हो ।

उक्त बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा भने अनुपस्थित भएपछि स्थगित भएको हो । उपसभामुख रिक्त रहेकाले बैठकमा सभामुखको उपस्थिति अनिवार्य छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ ।