२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

पशुपतिनाथ मन्दिरमा आज क्षामापूजा गरि भोलीबाट खुल्ला गरिने


कोरोना भाइरसको महामारी सुरु भएसँगै देशव्यापी लकडाउनपछि बन्द रहेको आरध्यदेव पशुपतिनाथ मन्दिरमा आज क्षामा पूजा गरेर भोली अर्थात बुधवारदेखि दर्शनार्थीका लागि खुला गरिदैछ ।

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएको मन्दिरमा लामो समयदेखि बन्द हुँदा क्षामा पूजा गर्न लागिएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले क्षमा पूजापछि बुधबारदेखि नागरिक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दर्शन गर्नका लागि खोल्न लागिएको बताए ।

बुधबारदेखि मन्दिरको पश्चिम ढोकामात्र खोलिनेछ । सोही ढोकाबाट प्रवेश गर्ने र त्यहीँबाट बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।

मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थि

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*