२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

भोलीको संवैधानिक परिषदको बैठकमा देउवा नजाने

प्रधानमन्त्री केपी ओलीले भोलि आइतबारका लागि बोलाएको संवैधानिक परिषदको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि विहान ९ बजेका लागि बोलाएको संवैधानिक परिषदको बैठकमा आफू उपस्थित हुन नसक्ने व्यहोराको सन्देश देउवाले आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् आज प्रधानमन्त्री ओलीलाई पठाएका हुन्।

देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारी गरिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*