ललितपुमा राजावादीले निकाले मोटरसाइकल र्‍याली

न्यूज समय

ललितपुमा राजावादीहरुले मोटरसाइकल र्‍याली निकालेका छन्। शनिबार राप्रपाको नेतृत्वमा राजसंस्थाको पक्षमा नारा लगाउँदै र्‍याली निकालेको हो । र्‍यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए।

र्‍याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्‍यालीको नेतृत्व गरेका थिए। थापाका अनुसार र्‍याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो। र्‍याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।

जुलुशमा सहभागीले जावलाखेलस्थित राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए। विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन्।