२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिन कांग्रेसको आह्वान

नेपाली कांग्रेसले २९ गते सोमवार गर्ने सरकारविरुद्ध देशव्यापी प्रदर्शनको सम्पुर्ण जिम्मा जिल्ला कार्यसमितिलाई दिदै आम कार्यकर्तालाई प्रर्दशनमा उत्रन आह्वान गरेको छ ।

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई तहुँनमा गिरफ्तार गरेको विरोधमा कांग्रेसले मंसिर २९ गते प्रदर्शन गर्न लागेको हो। त्यसको तयारीका लागि बसेको पदाधिकारी बैठकले विरोध प्रदर्शनलाई ७७ जिल्लामै प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रतिकात्मक रुपमा सबै जिल्लामा प्रदर्शन गर्न निर्देशन दिइएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। देशव्यापी प्रदर्शनपछि थप रणनीति बनाइने उनको भनाइ छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*