२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

फ्रन्टलाईनमा खटिएका प्रहरीलाई न कोरोना भत्ता न कोरोना विमा

नेपाल प्रहरीका करिब साढे ६ हजार कर्मचारीले कोरोना बिमा बापतको रकम अझै पाउन सकेका छैनन्। उनिहरुले कोरोना बिमा समेत पाउन सकेका छैनन् । गत भदौ १२ गतेबाट लागू हुने गरी बिमा गरिएको भएपनि प्रहरीहरुले बिमा रकम नपाएको गुनासो गरेका हुन्।

प्रक्रिया पूरा गरेर पेस गरिसकेका छन्, तर अहिलेसम्म कसैले पाएको आफुलाई जानकारी नभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले बताए । हालसम्म कोराना संक्रमित प्रहरीको संख्या ६ हजार ९ सय २८ पुगेको छ। यीमध्ये ६ हजार २ सय ८४ जना निको भएर काममा फर्किसकेका छन्। ६ सय ४१ जना अहिले पनि कोरोनासँग लडिरहेका छन्।

कोरोना संक्रमण रोकथामका लागि देशभर तयारी गर्दा होस् वा उपचारमा सघाउपघाउमा सुरक्षाकर्मी अग्रपंक्तिमा खटिए। उनीहरुलाई प्रोत्साहन गर्न भन्दै सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ। सरकारको यो घोषणा पनि कार्यन्वयन हुन सकेको छैन।

प्रहरी प्रवक्ता कुँवरले प्रोत्साहन भत्ता अहिलेसम्म प्रहरीले नपाएको भन्दै सरकारले निर्णय गरिसकेको हुनाले आउने प्रक्रियामा भएको बताए । सुरुमा अग्रपंक्तिमा खटिने सबैलाई दिने भनिएको प्रोत्साहन भत्ताको निर्णय पछि १० प्रतिशतले मात्रै पाउने निर्णय भयो। तर अहिले यो पनि कहिले आउने वा नआउने निश्चित छैन।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*