बुटवलमा रहेको एक होटलमा गोली चल्दा एकजना घाइते भएका छन्। बुटवल उपमहानगरपालिका–७ मा रहेको कलश होटलमा गैंडाको खागसहित मानिस बसेको थाहा पाएर प्रहरी त्यहाँ पुगेपछि गोली चलेको हो ।
विशेष सुराकीको आधारमा होटलमा बसेका तस्कर समूहलाई पक्राउ गर्न पुगेको प्रहरीकै हतियार खोसेर गोली हान्दा एकजना घाइते भएको स्रोतको दाबी छ। तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हानेका थिए ।
गोली लागेर सोहि काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ ।
प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । चारजना मध्येका एक विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
न्यूज समय
२१ मंसिर, २०७७, आईतबार ००:००