सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज दिउसो बस्दै छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउसो १ वजेपछि बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयको बैठकमा पेश गरेका प्रस्ताव पेश हुने कार्यसूची तय भएको छ ।
तर स्थायी कमिटिको बैठकमा दुवै प्रस्ताव लैजाने सचिवालयको निर्णयमा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली असहत भएकाले उनी बैठकमा सहभागि हुने नहुने स्पष्ट भइसकेको छैन् । गत भदौ २६ गते सम्पन्न ८२ दिन लामो नेकपा स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो ।
तर, विवाद मिलेको भनिएको ८६ दिनपछि पुनः आइतबार नयाँ विवादित एजेण्डाबारे छलफल गर्न बस्न लागेको स्थायी कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ । पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र दाहालका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ ।
न्यूज समय
२१ मंसिर, २०७७, आईतबार ००:००