काठमाडौं ।  कोरोना भाईरसको संत्रास फैलिरहेका बेला नेपालमा फेरी डेंगीका बिरामी भेटिएका छन् ।
 इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार गएको दुई महिनामा नेपालमा ३६ जनामा डेंगीको संक्रमण देखिएको हो । 
 महाशाखाले प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, ५ नम्बर प्रदेशम १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ३६ जनामा डेंगीरोगको संक्रमण भेटिएको जनाएको छ । 
 गर्त बर्ष पनि नेपालका बिभिन्न स्थानमा डेंगी रोगका संक्रमित व्यक्तिहरु भेटिएका थिए । लामखुट्टेको टोकाईबाट फैलने यो रोगको संक्रमण बढ्न सक्ने भन्दै इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले सचेत रहन सबैमा आग्रह गरेको छ । 
 गर्मियामको सुरुवात संगै यो रोग देखिएकोले घरमा बस्दा वा बेलुका सुत्दा लामखुट्टेको टोकाईबाट बच्न बिशेष साबधान अपनाउन भनिएको छ । आफु बस्ने स्थानका खाल्टा खुल्टिमा पानी जम्न नदिन तथा घर वरपर सफा राख्न महाशाखाले सवैमा आग्रह समेत गरेको छ । 

					
न्यूज समय
२ चैत्र, २०७६, आईतबार ००:००