यही फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचन दिन भन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यजनर गरेर व्यवस्थापन निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा उल्लेख भए अनुसार निर्वाचन मिति भन्दा ७२ घण्टा अघि देखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था अनुसार सिमा बन्द गर्न लागिएको हो ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका अनुसार यसबाहके निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरू समेत गरिने जनाइएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकारवालाहरुमा निर्वाचन आयोगले आग्रह समेत गरिसकेको छ ।
निर्वाचनका समयम हुन सक्ने सम्भावित दुर्घटना र मतदाताले शान्ति सुरक्षाको प्रत्याभुति संगै मतदान गर्ने वातावरण बनाउन पनि आयोगले सवैमा आग्रह गरेको छ ।


न्यूज समय
१४ फाल्गुन, २०८२, बिहीबार ००:००