पक्राउ परेका दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

न्यूज समय

निर्वाचन नजिकिरहँदा जिल्ला प्रशासन कार्यालय काठमाडौले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका उनलाई अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि प्रशासनले हिरासतमा राख्न अनुमति दिएको हो ।

सोमबार राति भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रसाईंले यही फागुन २१ हुन लागेको प्रतिनिधी सभाको निर्वाचन फागुनमा कुनै हालतमा नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेपछी उनि माथी प्रशासनले एक्सन लिएको हो ।

बिवादास्पद तथा समाज भट्काउने अभिव्यक्ति दिदै हिड्ने प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।