रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द

न्यूज समय

निर्वाचन आयोगले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनलाई रद्द गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै उपनिर्वाचन सम्वन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरु रद्द गरेको जनाएको छ ।

आउँदो कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन गर्ने तयारी गरिरहेकोमा आयोगको सोमबार (आज) बसेको बैठकले निर्वाचनको सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेकाले उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको बिज्ञाप्तीमा उल्लेख छ ।