प्रतिनिधिसभा सदस्य थकालीद्धारा बाढीबाट प्रभावित मुस्ताङको न्यम्डो, छोसेर क्षेत्रको अवलोकन

न्यूज समय

प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले हिमपहिरो फुटेर आएको बाढीबाट प्रभावित मुस्ताङको न्यम्डो, छोसेर क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका थिए । असार २४ गते साँझ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा आएको भीषण लेदोयुक्त बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ।

नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका– ४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

प्रतिनिधिसभा सदस्य थकालीले लोमन्थाङ गाउँपालिकाका पूर्व अध्यक्ष सुवर्ण बिष्टसहितको टोलीले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । सो अवलोकनबाट प्रभावित समुदायको अवस्था बुझ्न र आवश्यक सहयोग तथा समन्वयमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।