चीन भ्रमणमा रहेका उर्जामन्त्री दिपक खड्का र चीनका ऊर्जा प्रशासनका प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा नेपाल–चीनबीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र ऊर्जा क्षेत्रको सम्भाव्य सहकार्यबारे धारणा राख्दै जलविद्युत्, प्रसारण प्रणाली, वैकल्पिक ऊर्जा र क्षमता विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेको मन्त्री खड्काले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।
चीनका ऊर्जा प्रशासक होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग गर्न चीन सरकार पूर्ण रूपमा तयार रहेको विश्वास दिलाएका मन्त्री खड्काले उल्लेख गरे ।
दुवै पक्षबीच आगामी दिनमा प्राविधिक टोलीहरूको आदानप्रदानमार्फत व्यवहारिक सहकार्यलाई थप संस्थागत बनाउने सहमति भएको छ।
न्यूज समय
१३ असार, २०८२, शुक्रबार ००:००