१६ बैशाख २०८१, आईतवार  |  28 April 2024,Sunday
Ad

विकासका नाममा प्रकृति दोहन गर्नु गलत : पूर्वराष्ट्रपति यादव

दमौली । पूर्वराष्ट्रपति रामवरण यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्नु गलत काम भएको बताएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार बिहान पूजाअर्चना पछि पत्रकारसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति यादवले वनजङ्गल नेपालको सम्पत्ति भएकाले यसलाई जोगाउन सरकार गम्भिर भएर लाग्न आग्रह गरे ।
विमानस्थल, राजमार्ग जस्ता विकास निर्माणका कार्य गर्दा वैज्ञानिक अध्ययन नगरी वनजंगल मास्ने काम भइरहेको भन्दै यस्मा सरकारले बिशेष सतर्कता अपनाउनु पर्ने बताए । उनले भने, ”वनजंगल काटिएको देख्दा आँखाबाट आँसु झर्छ”।
राजमार्ग बनाउनु राम्रो काम भए पनि चुरे भएर जाने राजमार्गले चुरे क्षेत्रको धेरै बन बिनास हुने भएकोले त्यस प्रति आफुलाई दुःख लागेको समेत बताए ।
आफुले चुरे क्षेत्रको संरक्षणको लागि पहल गरेको भन्दै पूर्वराष्ट्रपति यादवले प्रकृतिको बिनास नगरी त्यसको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनु तर्फ लाग्नु पर्ने सल्लाह दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*