काठमाडौंको गुहेश्वरी स्थीत प्रणवानन्द आश्रममा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।
आश्रममा निशुल्क रुपमा अध्ययन गर्दै आएका विपन्न परिवारका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो ।
आश्रममा अध्ययनरत नर्सरी देखि कक्षा सात सम्मका झण्डै २ सय विद्यार्थीलाई स्कूल ड्रेस, कापी कलमलगाएत शैक्षिक सामग्री वितरण गरिएको आश्रमका उपाध्यक्ष एवम् प्रधानाध्यापक राजाराम यादवले जानकारी दिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रमा प्रणनावनन्द आश्रमका अध्यक्ष स्वामी रुद्रानन्द महाराज , संस्कृतिविद डा. गोविन्द टन्डन , आश्रममका उपाध्यक्ष एवम् प्रधानाध्यापक राजाराम यादव , नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य , नेपाल प्रेस युनियनका केन्दीय उप–महासचिव दीलिपाश्री अधिकारी, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्य तथा संचारकर्मी दिपेन्द्रप्रकाश के.सी. लगाएतको उपश्थिती थियो ।
२०५३ सालमा “पैंसा भय अनेत्र जाउ नभए हामी संग आउ“ र “हुनेको जो पनि हुन्छ तर केही र कोही नहुनेको प्रणवानन्द आश्रम छ“ भन्ने मुख्य उद्देश्यका साथ स्थापित अश्रमका विद्यार्थीलाई मन्त्र, श्लोक, ध्यान, योग, धार्मिक ज्ञानका साथै वैज्ञानिक शिक्षा समेत प्रदान गरिदै आइरेको छ ।



न्यूज समय
७ जेष्ठ, २०८२, बुधबार ००:००