बाह्रबिसे–कोदारी (२६ किलोमिटर) सडक खण्ड अन्तर्गत भोटेकोशी गाउँपालिका –२ कोप्लाङ खण्ड अवरुद्ध भएको छ ।
बुधबारदेखिको वर्षाले तातोपानी नाका जोड्ने कोप्लाङखण्ड झण्डै ५ फिट भासिएको स्थानीय बासीले बताएका छन् ।
चार दिन देखि अवरुद्ध उक्त सडक खण्ड सडक डिभिजन कार्यालयले मर्मत गरेपिन यातायातका साधान सुचारु हुन सकेको छैन ।
सडक भासिएपछि भन्सारमा जाँचपास भई राजधानी लैजान लागिएको पाँचसय विद्युतीय सवारी साधान भन्सार याडमै थन्किनुका साथै करोडौं मूल्यका सामग्री बोकेका सयौं मालबाहक कन्टेनर बाटोमै रोकिएका छन् ।
२०७२ सालको विनाशकारी भूकम्प र भोटेकोशी नदीको बाढीले कोप्लाङ खण्ड जीर्ण बननेको उक्त सडक खण्ड मर्मतसुधार नहुदाँ १५ फिट चौडाइमा मात्र सञ्चालनमा आएको थियो ।
न्यूज समय
२१ बैशाख, २०८२, आईतबार ००:००