धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणकालागि २० प्रतिशत आईपिओ सेयर जारी गर्ने तयारी

न्यूज समय

धनुषा डिष्टिलरीले लिमिटेडले सर्वसाधारणकालागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने तयारी थालेको छ ।

कम्पनी र मुक्तिनाथ क्यापिटल वीच केहीसमय अघि भएको सझौता अनुसार कम्पनीले भविश्यमा जारी गर्ने पुजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणकालागि निश्कासन गर्ने तयारी थालेको हो ।

त्यसकालागि कम्पनीले प्रक्रिया गत रुपमा अघि बढाउन मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकका रुपमा नियुक्त गरी सकेको छ ।

केही दिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच प्रकृयालाई अघि बढाउने विषयको सम्झौतामा हस्ताक्षर समेत भईसकेको छ ।

सन् १९९८ मा स्थापना भई कम्पनीले प्रिमियम ब्रान्ड मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ ।

सर्वसाधारणकालागि सेयर संगै कम्पनीले उत्पादनको गुणस्तर कायम राख्दै नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको पनि कम्पनीले जनाएको छ ।
हाल कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको दावी छ ।