बालेन्द्र शाह प्रधानमन्त्री भएपछि पहिलो सुरक्षा परिषद्को बैठक

न्यूज समय

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पहिलो पल्ट राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुन्छन भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य रहने व्यवस्था छ । परिषद्को सदस्य सचिव रक्षा सचिव रहने व्यवस्था छ ।