मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ तारा मानन्धरले पदभार ग्रहण गरेका छन्। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त मानन्धरले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहेका थिए।
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको जनाएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको दिर्घकालिन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।


न्यूज समय
१ जेष्ठ, २०८३, शुक्रबार ००:००