नेपाल प्रहरीका भूतपूर्व आइजिपी दुर्लभकुमार थापाको निधन भएको छ । दिवंगत थापाको पार्थिक शरिरलाई श्रद्धान्जलीका लागि प्रहरी वृत्त गौशालामा राखिएको छ ।
बिहान १० बजेपछि श्रद्धाञ्जली दिएर आर्यघाटसम्म शवयात्रा गरिँदै छ । महानिरीक्षक दीपक थापा,एआइजीहरु, डिआइजीहरु, एसएसपीहरु त्यहाँ पुग्दैछन् ।
श्रद्धाञ्जली समारोहमा उपस्थित हुन चाहने अन्य प्रहरी अधिकृत तथा कर्मचारीलाई कार्यालय पोशाकमा उपस्थित हुन भनिएको छ ।
न्यूज समय
१० बैशाख, २०८२, बुधबार ००:००