यो सरकार धेरै दिन रहदैन अब वर्षमा नयाँ सरकार बन्छ : अध्यक्ष दाहाल

न्यूज समय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो सरकार धेरै दिन नरहने भन्दै नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार परिवर्तनबारे आफूले घटनाक्रमहरू सोहीअनुसार विकसित भएको पाएको बताए । नयाँ अनुभवका आधारमा आफूले यो कुरा गरेको दाहालको दाबि थियो ।

उनले भने–‘यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ । नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

दाहालले कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्थिति आए सघाउन तयार रहेको बताउँदै आएका छन् । कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई सरकारमै सहभागी भएर या नभएर पनि आफूहरूले सघाउने भन्दै दाहालले सार्वजानिक अभिव्यक्ति दिदै आएका छन् ।