मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण सर्वसम्मत

न्यूज समय

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत चयन भएकी छन् । आइतबार काठमाडौंमा सम्पन्न फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनबाट स्वर्गिय मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएकी हुन् । सम्मेलनले सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारीलाई चयन गरेको छ ।

फाउण्डेसनका सदस्यहरूमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्राडा प्रेमसागर चापागाईँ, प्राडा ध्रुवबहादुर कार्की, प्राडा नन्दबहादुर सिंह, डा कुन्दन अर्याल, डा महेन्द्र विष्ट,डा भेषराज अधिकारी, प्राडा बद्रिविशाल पोखरेल, डा विमला राई पौडेल, डा कैलाश भण्डारी, रामशरण प्याकुरेल, डा कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी छन् ।

त्यसैगरि अन्य सदस्यहरुमा सन्तोष रावल, बालकृष्ण सिवाकोटी, राम प्रसाद न्यौपाने इञ्जिनियर अमनकुमार मास्के, चिन्तन पाठक, इञ्जिनियर विनय केसी, अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा सुरेश तिवारी र बलबहादुर आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेका थिए । मदन भण्डारीको विचारको अध्ययन, अनुसन्धान र प्रचार गर्नका लागि पूर्वराष्ट्रपति एवम् मदन भण्डारी पत्नी विद्या भण्डारीको सक्रियतामा सो फाउण्डेसन स्थापना भएको हो ।