अन्तर्राष्ट्रिय महिला फुटबल : म्यानमारद्धारा लेबनान ३–१ गोलले पराजित

न्यूज समय

काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले सुखद सुरुआत गरेको छ।

सोमबार सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको हो। म्यानमारको जितमा कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरे।

एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थिएको खेलमा ५६औं मिनेटमा म्यानमारले सुरुआती अग्रता लियो।

जितसँगै लेबनानले तीन अंक जोडेको छ। सोमबार बेलुका नै घरेलु टोली नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ।