जुम्लामा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु उर्थु चौतारा आसपास

न्यूज समय

काठमाडौँ । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान ११ वजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प मापन गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यसअघि दैलेखको माघ २२ गते ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।