शहिद मेमोरियल अस्पतालद्वारा शहिद दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

न्यूज समय

काठमाडौं कलंकी स्थित शहिद मेमोरियल अस्पतालले शहिद दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

अस्पतालले शिविरमा ९२५ जनालाई विरामीलाई बिशेषज्ञ सेवा दिनुका साथै निःशुल्क औषधि समेत वितरण गरेको छ ।

विरामीले शिविरबाट जनरल तथा युरो सर्जरी, पेट तथा कलेजो रोग, मधुमेह तथा थाईराईड रोग, जनरल फिजिसियन, नाक कान तथा घाककटी रोग, बाल रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौनरोग, मुटु रोग, हाडजोर्नि तथा नशा रोगको र महिलाको पाठेघर प्यापस्मेर, ल्याब परीक्षण, भिडियो एक्सरे लगायतका सेवा लिएको अस्पतालका प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेस्ठले बताए ।

शिविरमा बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ डा. रामकृष्ण बरालले चिकित्सकले यसरी शहिदहरूको सम्झनामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जनतालाई रोगको बारेमा परामर्श सहित उपचार र औषधि बितरण गर्न पाउदा खुसि व्यक्त गरे ।

अस्पतालले बिगत १७ बर्षदेखि कलंकीबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।