नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलनमा आधा दर्जन सत्र सञ्चालन हुने

न्यूज समय


काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले गर्न लागेको नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलनमा आधा दर्जन सत्र सञ्चालन हुनेछन् । विभाग प्रमुख उर्मिला थपलियाले मेरो उद्यमशिलता यात्रा, महिला उद्यमशिलताः समतामूलक आर्थिक विकासको दिशामा, उद्याशिलता र जनशक्ति विकासः आइटी क्षेत्रको लागि तयारी, कृषि उद्यमशिलताः अवसर र चुनौती, नेपालमा लगानीः स्टार्टअफ र साना तथा मझौला व्यवसायीहरुको भविश्य, नवप्रवर्तन र उद्यमशिलताद्धारा आर्थिक रुपान्तरण भन्ने विषयमा सत्र सञ्चालन हुने जानकारी दिइन् ।

जसमध्ये मेरो उद्यमशिलता यात्रा पहिलो सत्र हुनेछ । जसको सञ्चालन सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले गर्नेछिन भने दायित्वका संस्थापक एवम् अध्यक्ष पुष्कर मल्ल, गाँउपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे, मार्फा उद्योग मुस्ताङकी सुकुल रसाइली विक, रानीमहल रिसोर्टका संस्थापक टकनाथ घिमिरे प्यानलिष्टमा हुने विभागमा सदस्य सचिव खग्रेन्द्र आचार्यले जानकारी दिए ।

त्यसै गरि महिला उद्यमशिलताः समतामूलक आर्थिक विकासको दिशामा भन्ने दोश्रो सत्रका रुपमा सञ्चालन हुने छ । सो सत्रको सञ्चालन आर्थिक पत्रकार आशा थपलियाले सञ्चालन गर्नेछन् । भने प्यानलिष्टमा गैरआवासिय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापा, रिपब्लिका मिडियाकी सिइओ समृद्धि ज्ञावली, युजि केकेकी संस्थापक निकिता आचार्य, नेपाल जेसिसकी अध्यक्ष रजनी थापा हुनेछन् ।

उद्याशिलता र जनशक्ति विकासः आइटी क्षेत्रको लागि तयारी विषयमा तेस्रो सत्रमा छलफल हुने छ । सो सत्रको सञ्चालन सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक यज्ञराज कंडेल शर्माले गर्नेछन भने प्यानलिष्टमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा.महानन्द चालिसे, सिनासका कार्यकारी निर्देशक डा म्रिगेन्द्र कार्की, योङ इनोभेसनका संस्थापक विभुषण विष्ट, किम्बु टेकका सिइओ कार्भिका थापा र आइएनजी ग्रुपका सिइओ सुलभ बुढाथोकी रहेका छन् ।

चौथो सत्रको छलफलमा विषयमा कृषि उद्यमशिलताः अवसर र चुनौती रहेको सदस्यसचिव आचार्यले बताए । सो सत्रको सञ्चालन एग्री नेपालकी अध्यक्ष सुनिता नुमाफुकीले गर्नेछिन भने प्यानलिष्टमा काठमाडौं विश्वविद्यलयमा प्राध्यापक प्रा डा भीम श्रेष्ठ, हिलाइफ एग्रो एण्ड फुड्स इन्डिष्ट्रीजका अध्यक्ष अम्बिका पौडल, एफएनसिएसआई उपाध्यक्ष शान्ता बास्कोटा कोइराला र मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले रहेका छन् ।

नेपालमा लगानीः स्टार्टअफ र साना तथा मझौला व्यवसायीहरुको भविश्य विषयमा पाँचौ सत्र सञ्चालन हुनेछ । सो सत्रममा सञ्चालक राजु नेपाल छन भने प्यानलिष्टमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, महिला उद्योमी महासंघका अध्यक्ष शोभा ज्ञावली, उमेशकुमार गुप्ता, निर्वाण चौधरी र सिद्धान्तराज पाण्डे रहेका छन् ।

अन्तिम सत्रका रुपमा नवप्रवर्तन र उद्यमशिलताद्धारा आर्थिक रुपान्तरण विषयमा छलफल हुनेछ । यसको सञ्चालन किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले गर्नेछन भने प्यानलिष्टमा पूर्व गर्भनर डा चिरिन्जीवी नेपाल, उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ, नविल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगाना, गोल्डस्टार सुजका अध्यक्ष विदुषी राणा र नाष्ट आइटीका उपाध्यक्ष गौरब पाण्डे रहेका छन् ।