१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

निरौला र पाण्डे सर्वोच्चको न्यायधीशमा सिफारीस

न्याय परिषद्ले दुई जना मुख्य न्यायधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

शुक्रबार बसेको न्यय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायधीशमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले बैठकले उच्च अदाततका १४ जना न्यायाधीशहरूको सरूवा पनि गरेको छ ।

परिषद् श्रोतका अनुसार न्याय परिषद् (पहिलो संशोधन) नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको जनाईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*