लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय संगै पूर्व–मुख्यमन्त्री कुलप्रसाद के.सी.ले चढदै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
पूर्व विशिष्टहरुलाई लुम्बिनी प्रदेश सरकारले दिएको गाडी फिर्ता गर्न ताकेता गरिएको भएपनि पूर्व–मुख्यमन्त्री केसीले त्यसलाई व्यवस्त गर्दै आएका थिए ।
सोहि कुरालाई मध्यनजर गर्दै नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य आफु मुख्यमन्त्री भएपछि गत भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाटै पूर्व विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरे पछि केसीले सरकारी गाडी फिर्ता गरेका हुन् ।
मुख्यमन्त्री के.सी.ले पद खुस्किय पनि लु १ झ ७४५ नम्बरको सरकारी स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए ।
त्यस्तै पूर्व सभामुख पूर्णबहादुर घर्तीले भने लुम्बिनी प्रदेश सरकारले दिएको गाडी अझै फिर्ता नगरेको बताईएको छ ।
प्रदेश सभामुख हुँदा घर्तीलाई प्रदेश सरकारले लु १ झ ४४४ नम्बरको गाडी प्रयोग गर्न दिएको थियो ।
२०७४ फागुन २ गतेदेखि २०७९ पुससम्म ५ वर्ष प्रदेशसभाको सभामुख बनेका घर्ती हाल प्रतिनिधिसभा सदस्य छन् ।
न्यूज समय
२३ भाद्र, २०८१, आईतबार ००:००