७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

तेहरानमा इजरायली आक्रमणमा हमासका प्रमुख नेताको मृत्यु

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो।

हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो।

हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए। उनको अर्को नाम अबु अल–अब्द हो।

को थिए हानिया ?

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरो प्रमुख थिए। हानियाको थर अबु–अल–अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो।

इजरायलले सन् १९८९ मा हानियालाई तीन वर्ष जेलमा राखेको थियो। यसपछि उनी हमासका धेरै नेताहरूसँग मार्ज अल–जुहुरमा निर्वासित भए। यो इजरायल र लेबनान बीचको नो– म्यान भूमि हो। उनी त्यहाँ एक वर्ष बसे ।

आफ्नो निर्वासन सकिएपछि हानिया गाजा फर्किए। सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। यसले उनको हैसियत बढाएको थियो।

हमासले उनलाई २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरेपनि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए।

हानिया मे ६, २०१७ मा हमासको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित भएका थिए। अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा हानियालाई आतंकवादी घोषणा गरेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*