७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

प्रधानमन्त्री भएको २ वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिन्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहमति हनुसार आफूले सरकारको नेतृत्व गरेको २ वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिने बताएका छन् ।

संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै ओलीले कांग्रेससँग भएको सहमतिअनुसार देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।

उनले भने, ‘सरकार ढल्छ कि भनेर सोच्न पर्दैन । सरकार सुशासन र विकासका लागि नै बनेको हो । मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा दिन्छु ।

उनले आफूले सत्ता हस्तान्तरण गर्छ कि गर्दैन भन्ने दुविधामा रहन नपर्ने बताए । उनले आफूले सत्ता हस्तान्तरण गरेपछि बन्ने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा चुनावसम्म जाने बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*