५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

विश्वविद्यालयहरूमा कुनै पनि पार्टीले हस्तक्षेप गर्न मिल्दैन मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा कुनै पनि पार्टीले हस्तक्षेप गर्न नहुने बताएकी छन् ।
विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमा सहित विज्ञहरूको सुझाव मंगलबार सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठल आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताईन् ।

अन्य पार्टीका शीर्ष नेतालाई पनि विश्वविद्यालयमा हस्तक्षेप नगर्न भनिदिन आग्रह गर्दै मन्त्री श्रेष्ठले शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा धन्यवाद समेत दिईन् ।

शिक्षा क्षेत्रका अन्य स्थानमा पनि प्रतिश्प्रर्धाका आधारमा नियुक्त गरिने बताउँदै मन्त्री श्रेष्ठले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको बताईन् ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउने लगायत शिक्षक पदपूर्तिको मापदण्ड सम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको समेते जानकारी दिइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*