५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

श्री स्वस्थानी व्रत कथा प्रारम्भ

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन देखी एक महिना सम्म सुरु हुने स्वस्थानी व्रत कथा विहिबार (आज) बाट सुरु भएको छ ।

वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक हात–गोडाका नङ काटी माघ स्नान गरी शुद्ध वस्त्र पहिरिएर माघ शुक्लपूर्णिमासम्म स्वस्थानी व्रत एवं कथा वाचन गर्छन् ।

आजको दिन बिहान माघ स्नान गरी महादेवको पूजा एवं बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ ।

स्वस्थानी व्रत कथा प्रारम्भको पहिलो दिन आज बिहानै देखि साँखुस्थित शालीनदी, देवघाट लगाएत देशका विभिन्न स्थानका नदिहरुमा माघस्नान गर्नेहरूको भीड लागेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*