७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

अज्ञात समुहको गोली प्रहारबाट बारामा एक जनाको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार (गुड्डु) रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब १ बजे मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले उनि माथि अन्धाधुन्दा गोली चलाएका थिए ।
प्रहरीका अनुसार स्वर्णकारलाई कलैया उपमहानगरपालिकाको मुख्य बजारमै छाति तथा टाउकोमा तिन राउण्ड गोली प्रहार गरिएको थियो ।
गोली लागेर घाईते भएका उनलाई कलैया प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि वीरगंजको बयोधा अस्पताल पुर्याईएको थियो । उनको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान र गोली प्रहार गर्नेको खोजि भईरहेको बारा प्रहरीले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*