७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

दशैंकालागि अग्रीम टिकट बुकिङ खुल्ला

हिन्दुहरुको महान चाड दशैंलाई मध्यजनर गर्दै लामो दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।
यातायात समितिहरुले अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि उपत्यकाबाट घर फर्कने यात्रुहरुले आईतबार बिहानै देख टिकट लिन समितिका टिकट काउन्टरमा लाम लागेका छन् ।
यात्रुले गंगबु स्थित नयाँ बसपार्क, कोटेश्वर, चावहिल, कलंकी लागाएतका टिकट काउन्टरबाट अग्रिम बुकिङ लिईरहेको यातायात समितिहरुले जनाएका छन् ।
टिकट बुकिङमा कालोबजारी तथा यात्रुलाई सास्ती दिने खालका गतिविधी नगर्न सम्वन्धी निकाएलाई यातायात व्यवस्था विभागले सचेत गराएको छ । विभागका महानिर्देशक उद्धव रिजालले त्यस्ता गतिविधी भए नभएको विभागले अनुगमन गर्ने पनि जनाएका छन् ।
यात्रुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै काठमाडौ महानगरपालिकाले पनि बिभिन्न स्थानका १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
ट्राफिक प्रहरीले पनि यातायातको सहज आवागमनका लागि विशेष अनुमन र चेक जाँच सुरु गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*