२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

‘गुँला पर्व’ सुरु : एक महिनासम्म चल्ने

एक महिनासम्म निरन्तर चल्ने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ । नेवार समुदायमा खासगरी बौद्ध धर्मावलम्बीले मनाउने एक महिने यो पर्वमा बिहानै बाजा बजाउँदै धार्मिकस्थल, चैत्यहरुसम्म पुग्ने गरिन्छ ।

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने पर्वमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यो खासगरी नेवारी समुदायको प्रत्येक बस्तीमा बिहानै बाजागाजा बजाउँदै घर बस्तीबाट चैत्यहरुमा गइन्छ ।

प्रत्येक वर्षको भाद्र औंशीबाट सुरु गोकर्ण औंसीसम्म चल्छ । ‘गुँला पर्व’को अवसरमा स्वयम्भूनाथमा एक महिने मेला पनि लाग्छ । यसमा नौँ बाजा बजाउने प्रचलन छ । ‘गुँला पर्व’ विशेष गरी बौद्धमार्गीको भए पनि अन्य धर्मावलम्बी खासगरी हिन्दु धमावलम्बी नेवारहरुले यो पर्व मनाउँछन् ।

पर्वमा बौद्धमार्गीहरु स्वयम्भूनाथको महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको परिक्रमा गर्दछन् ।

पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । खेतीपाती सकेर मानिसहरू फुर्सद हुने र अन्य चाडबाडलाई पनि मध्यनजर गरी खुसीयाली साट्ने पर्वका रुपमा यसलाई मनाइन्छ । हरेक दिन लगातार एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गरिन्छ। यो पर्वका अवसरमा बुद्धको विशेष पूजा आराधना गरिन्छ ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः, बाँसुरी, धिमे, भुस्या बाजा बजाइन्छ । पर्वमा चैत्यका अलवा स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायत देवी देवताको समेत परिक्रमा गरिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*