१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

ओली र डा शेखरको एउटै लाईन, सुन तस्कारीमा उच्चस्तरिय छानविन समितिको पक्षमा

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन नै गरेर सय किलो सुन तस्कारी प्रकरणमा उच्चस्तरिय छानविन समिति माग गरेकै दिने नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले एमालेले किन उच्चस्तरीय संसदीय छानबिन समिति माग्दै छ, त्यो विषयमा कांग्रेसले सोच्न आवश्यक भएको बताए ।

उनले भने–प्रधानमन्त्रीजीको निजि सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जान्छन् । अनि सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस् । राजश्वका डिजि सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्छ । यी सवै कारणले यो विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।’ बैठकमा सहभागि एक सांसदका अनुसार बैठकमा उनले तस्करी प्रकरणमा हङकङ र चीनलाई समेत सरकारले प्रश्न गर्न नसकेको बताए ।

बैठकमा डा शेखरले भने –‘सुन हङकङ र चाइनाबाट आयो । यो तस्करी विषयमा नेपाल सरकराले उनीहरुलाई प्रश्न सोधेर लेखेर पठायो किन पठाएन ? हामीले यसमा कहिले सोच्यौँ ? एमालेले किन समिति मागिरहेको छ, त्यो सोच्यौँ ?’ शेखरले भारतमा एक हजार ४०० टन सुन खपत हुने र नेपालबाट मात्र चारदेखि ५०० टन सुन तस्करी भएर भित्रने बैठकमा बताएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*