मधेशी आयोगको सुचीकरणबाट थारु र मुस्लिम समुदायलाई हटाईयो
मधेशी आयोगको सुचीकरणबाट थारु र मुस्लिम समुदायलाई हटाईएको छ ।
मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरुले नै आफुहरु मधेशी नभएको बताए पछि आयोगको सुचीबाट उनिहरुलाई हटाईएको बताए ।
गएको असोज ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोगले बुझाएको चौथो बार्षिक प्रतिवेदनमा थारु र मुस्लिम सहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भए पछि थारु र मुस्लिम समुदायबाट बिरोध भएको थियो ।
विरोध संगै यि दुई समुदायले आयोगमा आफुहरुलाई मधेशीको सुचिवाट हटाउन निवेदन दिए संगै उनिहरुलाई आयोगको सुचीबाट हटाउने कार्यको प्रकृया गत थालनि भएको थियो ।
मधेशी आयोगमा मधेशी समुदायको थर सूचीकरण २०७८ को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई सुचीकरण गरी राखिएको थियो ।
आयोगको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको मधेशी आयोगले जानकारी दिएको छ ।