१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

बारा ४ बाट प्रतिनिधिसभामा व्यावसायी वाग्ले र प्रदेशसभामा त्रिपाठीको सिफारिस

नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ उमेदवार बनाउनका लागि व्यावसायी इच्छाबहादुर वाग्लेको सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले वाग्लेको नाम दोश्रो नम्बरमा सिफारिस गरेको छ । पहिलो नम्बरमा २०७४ सालको चुनावमा उमदवार बनेको लालबाबु सिंह भूमिहारको नाम परेको छ । विभिन्न जिल्लामा नेपाली कांग्रेसको संगठन निर्माणमा समेत ज्यान दिएर लागेको वाग्लेलाई यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनाउनका लागि नेपाली कांग्रेस बाराका सवै समुहका नेताहरु लागेका छन् ।

गुटबन्दीका कारण एक समुहले अर्को समुहलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुगेका नेताहरु नेपाली कांग्रेसले २०३१ सालदेखि योगदान दिएका र कुनै गुटमा नभएका तर इमान्दार व्यवसायीलाई उमेदवार बनाउन कांग्रेस नेताहरु लागेका छन् । २०३१ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील वाग्ले पछिल्लो समय रियल स्टेर र होटेल व्यवसायमा आवद्ध छन् । नेपाल जग्गा तथा आवास विकास संघ ९एनएलएचडीए०का अध्यक्ष रहेका वाग्लेले नेपाली कांग्रेस भक्तपुरको जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि र नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समितिको अध्यक्षका रुपमा संगठनमा काम गरिसकेको छन् ।

ओखलढुंगामा जन्मेका वाग्लेले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा २०३१ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशील भएका थिए । सो समयमा नेपाल विद्यार्थी संघको राजनीतिका त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसका नेता एंव गृहमन्त्री बालकृष्ण खाण, नेता डा मिनेन्द्र रिजाल थिए । वाग्लेले विद्यार्थी राजनीतिपछि ओखलढुंगा फर्केर राजनीति यात्रालाई अगाडि बढाएका थिए । २०५६ सालको निर्वाचन ताका सम्म वाग्ले ओखलढुंगाको राजनीतिमा नै क्रियाशील थिए । जिल्लाको राजनीतिमा गुटबन्दी बढ्दै गएपछि वाग्लेले भक्तपुरमा क्रियाशील सदस्यता सारेर भक्तपुरबाट राजनीति थालेका थिए । उनी भक्तपुरबाट महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य भए । अहिले वाग्ले आफ्नो व्यवसायका क्रममा बारामा बढि समय व्यतित गर्ने गरेका छन् । बाराको सिमरामा वाग्लेको चर्चित इच्छा होटल रहेको छ । उनको रियल स्टेटको व्यवसाय पनि बारामा रहेको छ ।

यस्तै नेपाल विद्यार्थी संघमा चर्चित नेताका रुपमा चिनिएका इन्जिनियर नवराज त्रिपाठीको नाम प्रदेशसभा तर्फ प्रत्यक्षका लागि सिफारिसमा परेको छ । त्रिपाठीको नाम बारा ४ को क प्रदेशका लागि सिफारिस भएको हो । उनको नाम एक नम्बरमा सिफारिस भएको छ । विद्यालय शिक्षा देखि नै नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिमा सक्रिय त्रिपाठी २०६५ सालको स्ववियू निर्वाचनमा नेपाल इन्जिनियरिङ कलेजका स्ववियू सचिव निर्वाचित भएका थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रुपमा काम गरिसकेका त्रिपाठी चर्चित विद्यार्थी नेता हुन् ।

त्रिपाठीले विद्यार्थी राजनीतिलाई डीजीटलाईज गर्नु पर्छ भन्दै नेपालमा नै पहिलो पटक विद्यार्थी राजनीतिज्ञहरुको डीजीटल मिटिङ गराएका थिए । नेपाल इन्जिनियरिङ कलेज बचाउ अभियानका अभियन्ता एवं नेक प्रालि खारेज गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने त्रिपाठी नेविसंघका नायक नै भन्दा पनि अतियुक्ती नहोला । उनलाई डीजीटल काँग्रेसको अभियन्ताका रुपमा चिनिने गरेको छ । नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनियरिङ गरेका त्रिपाठी सरल स्वाभाव छन् । उनी हाल नेपाल इन्जिनियर्स एसोसिएसनले युथ इन्जिनियर्स वेलफेयर कमिटीको अध्यक्ष छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*