५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

हिमाल चढ्न ७२ देशका ८ सय जनाले लिए अनुमति

गत वर्षको तुलनामा यस वर्ष पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो एक हप्तामा थप १ सय ११ जनाले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसवर्ष हालसम्म ८०० जनाले पर्वतारोहरणको अनुमति लिइसकेका छन्। गत वर्ष वसन्त याममा ७ सय ४२ जनाले अनुमति लिएका थिए।

यस वर्ष देशभरका विभिन्न २३ हिमालमा ९८ समूहका आरोहण दल चढ्नेछन्। जसमा नेपालसहित ७२ मुलुकका ६ सय २६ जना पुरुष र १ सय ७४ जना महिला छन् ।

पर्वतारोही हरुबाट मंगलबारसम्ममा ४२ करोड ९४ लाख ६२ हजार २ सय ८६ रुपैंया रोयल्टी प्राप्त भएको विभागले जनाएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*