६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

स्थानिय चुनाबको सुरक्षाकालागि सेना परिचालन हुने

आउँदो बैशाख ३० गते हुने स्थानिय निकाएको चुनाबमा सुरक्षाका लागि नेपाली सेन परिचालन हुने बाटो खुलेको छ ।
प्रधानमन्त्री शेरबहदुर देउबाको सिफारिस राष्ट्रिपति बिद्यादेवी भण्डारीले (आज) मंगलबार स्वीकृत गरे संगै चुनाबमा सुरक्षाका लागि सेन परिचालन गर्ने बाटो खुलेको हो ।
स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदको यहि चैत्र १७ गतेको सिफारिस तथा २४ गते बसेको मन्त्री परिषदको निर्णय अनुसार चुनावको सुरक्षालाई मध्यनजर गर्दै सेना परिचालनका लागि प्रधानमन्त्रीले राष्ट्रिपति समक्ष सिफारिस गरेका थिए ।
स्थानिय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वाताबारणमा सम्पन्न गराउन संविधानको धारा “६६” को उपधार “२” बमोजिम राष्ट्रपतिले सेना परिचालनको निर्णय स्वीकृत गरेको राष्ट्रिपति कार्यालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*