५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

आँबुखैरेनीमा भएको दुर्घटनामा ३ जनाको ज्यान गयो

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा आज दिउँसो भएको सडक दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा एक महिला र दुई पुरुष रहेको प्रहरीले जनाएको छ । मृतको सनाखत भैनसकेको पनि प्रहरीले जनाएको छ । दुर्घटनाका घाईते १० जनाको उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ ।
आँबुखैरेनी गाउँपालिका २ को एैनापहरामा मुग्लिनबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ ख ३०७ नरबरको बस र विपरीत दिशाबाटा आउँदैगरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनाको विस्तृत विवरण आउन अझै बाँकि छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*