५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था मजबुत नरहेको समितिको निष्कर्ष

सरकारले गठन गरेको छानबिन समितिले त्रिभुवन बिमानस्थलको सुरक्षा व्यवस्था थप सुदृढ गर्न सुझाव दिएको छ ।
कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेपछि घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको थियो ।
समितिले सोमबार गृहमन्त्री बालकृष्ण खाँडलाई आफ्नो प्रतिवेदन बुझाउँदै संवेदनशीलता अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था मजबुत नरहेको निष्कर्ष निकालेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजक गठित समितिले विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत र चुस्त दुरुस्त राख्न सुझाएको छ ।
सुरक्षा व्यवस्थामा भएको कमजोरीले नै संवेदनशील क्षेत्रसम्म अनधिकृत व्यक्ति पटक–पटक पुगेको निष्कर्ष निकाल्दै समितिले हवाई मापदण्डअनुसारको सुरक्षासम्बद्ध पूर्वाधार बनाइनुपर्ने सुझाव दिएको छ ।
विमानस्थलको घेराबारा नाघेरै फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र जहाजसम्म पुगेको निष्कर्ष निकाल्दै समितिले सुरक्षा पोस्ट र गस्ती बढाएर निगरानी बढाउनुपर्ने बताएको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले प्रर्यटन र अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

छानबिन समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल वायुसेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ लगाएतको सहभागिता रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*