५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

निलम्बनमा परे सांसद बानियाँ

बलात्कारको आरोप लागेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकले सांसद बानियालाई पदबाट निलम्वन गर्ने निर्णय गरेको हो ।
गएको माघ १९ गते नेपालगंज स्थित अपसरा होटनमा ४० बर्षीया एक महिलाई जबर्जस्ती करणी गरेको आरोप सहित बानियाँ बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थियो ।
उजुरी पश्च्यात उनलाई यहि फागुन १६ गते जिल्ला प्रहरी कार्यालय बाँकेको टोलिले नेपालगंज बिमान स्थलबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका बानियाँलाई अदालतबाट म्याद थप गरि अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।
बानियाँ नेकपा एमालेको मुगुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*