७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

आन्तरिक हवाइ उडानको भाडा बढ्यो

पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि संगै आन्तरिक हवाइ उडानको भारादर पनि बृद्धि भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका आनुसार (आज) शुक्रबारदेखि लागू हुने गरीे आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरिएको जानकारी दिए ।
नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतलिटर १० रुपियाँका दरले मूल्य वुद्धि गरे संगै संघ आन्तरिक हवाइ उडानको भाडा दर बृद्धि गर्ने निर्णयमा पुगेको हो ।
संघका प्रवक्ता कँडेलका अनुसार आन्तरिक हवाईको भाडा दर स्थान अनुसार १०५ देखि ४४५ रुपियाँ सम्म बृद्धि गरिएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य घटबढ् हुँदा हवाइ भाडादर समायोजन गर्न पाउने अधिकार वायुसेवा सञ्चालक संघ लाई भए अनुसार भाडा दर समायोजन गरिएको समेत प्रवक्ता कँडेलले बताए ।
हवाइ उडाको स्थान अनुसार काठमाडौं धनगढी ४४५, काठमाडौं भरतपुर १०५, काठमाडौं बिराटनगर २४० रुपियाँ कायम गरिएको छ । त्यस्तै काठमाडौं पोखरा १६०, काठमाडौं नेपालगंज ३२५, काठमाडौं भद्रपुर ३०० र माउन्टेन फ्लाईटकालागि ३४५ रुपियाँ कायम गरिएको छ ।
नेपालमा हाल सम्म आन्तरिक उडान तर्फ ९ वटा हवाई कम्पनीका ३८ वटा जहाजले ३५ स्थानकालागि सेवा दिदै आएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*