६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री खाँणको फोन

पछिल्लो पटक जिल्लाको शान्ति सुरक्षाका बारेमा गृहमन्त्री बालकृष्ण खाँणले चासो देखाएका छन् ।
जिल्लामा नागरिकको अवस्था तथा शान्ति सुरक्षा लगाएतका बिषमा चासो दिदै गृहमन्त्री खाँणले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख संग सोधखोज गरेका हुन् ।
मन्त्री खाँणले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रत्यक्ष फोन गर्दै जिल्लाको अवस्थाका बारेमा चासो व्यक्त गरेका थिए ।
गृहमन्त्रीको सचिवालयले जनाए अनुसार सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा, कञ्चनपुर र नवलपरासी पूर्वका प्रजिअसँग गृहमन्त्री खाँणले कुराकानी गरेका छन् ।
गृहमन्त्री खाँणले कोभिड–१९ले पारेको प्रभाव जिल्लामा समग्र शान्ति सुरक्षा, कर्मचारिहरुको अवस्था, नागरिकले पाएका सेवा सुविधाहरुका बारेमा प्रमुख जिल्ला अधिकारीहरु संग सोधेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*