६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

कांग्रेसको महामन्त्रीमा थापा र शर्मा विजयी

नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
केहि बेर अघि सकिएको मतगाणनाको अन्तिम मत परिणामअनुसार गगन थापाले ३ हजार २३ मत प्राप्त गरि महामन्त्रीमा बिजयी भएका छन् । त्यस्तै महामन्त्रीका प्रत्यासी अर्का विश्वप्रकाशले १९ सय ८४ मत पाएर बिजयी भएका छन् ।
महामन्त्रीको प्रतिशप्रर्धामा हार बेहोरेका प्रकाशशरण महतले १५ सय ५६, प्रदिप पौडेलले १३ सय ९३, डा. मिनेन्द्र रिजालले ८०९, र राजराम कार्कीले १०६ मत प्राप्त गरेका छन् ।
कुल ४६ सय ८२ मत खसेकोमा गगनको पक्षमा मात्रै झण्डै दुई तिहाई मत थियो । भने बिश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत खसेको थियो ।
शेखर कोईरालाको प्यानलबाट थापा र प्रकाशमान सिंहको प्यानलबाट शर्माले उमेदवारी दिएका यि दुई यूवा पुस्तामा लोकप्रिय मानिन्छन् । यूवा पंक्तिको विशेष साथ पाएका थापा र शर्मा काँग्रेका प्रखर र चर्तित नेताका रुपमा चिनिदै आएका छन् ।
दुई महामन्त्रीको पदकालागि ६ जनाको उमेदवारी परेको थियो ।
नेपाली काँग्रेसमा पुस्ता हस्तान्तरण र पार्टीको आम रुपान्तरणको नारालाई अगाडी सारेका यि दुई संग आम काँगे्रस संग आवद्ध कार्यकर्ता तथा नागरिकले मुलुकको विकास र परिवर्तनको ठुलै अपेक्ष गरेका छन् ।
यि दुईका समर्थकले पार्टी कार्यालय सानेपामा अहिले गगन बिश्व हाई हाईको नारा लगाई रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*