६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै

काँग्रेसको १४ औं महाधिबेशनमा महामन्त्री पदको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार गगन कुमार थापा र बिश्वप्रकाश शर्माको अग्रता कायमै छ ।
शेखर कोईरालको प्यानलबाट थापा र प्रकाशमान सिंहको प्यानलबाट उमेदवारी दिएका शर्माले अन्य प्रतिशप्रधिलाई उछिन्दै अग्रता कायम गरेका छन् ।
१४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले ६६०, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।
त्यस्तै सबैभन्दा थोरै मत राजाराम कार्कीले प्राप्त गरेका छन् । मत गणना पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा जारी छ ।
यस अघिको मत परिणाम अनुसार उपाध्यक्षमा पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भईसकेका छन् भने सभापतिमा शेरवहादुर देउवा बिजयी भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*