६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

नेपाली काँग्रसको सभापति देउवा हुने पक्का जस्तै बन्यो : पुनः मतदान हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट शेरबहादुर देउवा पुनः पार्टी सभापति हुने पक्का जस्तै भएको छ ।
पहिलो चरणको निर्वाचन अन्तर्गत सभापति पदमा चार जना प्रतिशप्रधी मध्य कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज मंगलबार पुन मतदान हुने भएको छ ।
दोस्रो चरणको मतदानमा प्रतिशप्रधी बिमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवा पार्टी सभापति बन्ने पक्का जस्तै बनेको हो ।
अवको केहि बेरमा सभापति पदकालागि हुने मतदानमा शेखर कोईराला र शेरबहादुर देउवा बिच प्रतिशप्रर्धा हुने छ ।


पहिलो चरणको सोमबार भएको निर्वाचनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । खसेको मत मध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
खसेको मतमध्ये देउवाले २२ सय ५८ र कोइरालाले १७ सय २ मत पाएका थिए । त्यस्तै प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधीले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।
निर्वाचन समितिका अनुसार दिउसो ३ः३० देखि ७ः३० सम्म सभापति पदकालागि पनुः मतदान गराउने तैयारी भएको छ ।
यस १४औं महाधिबेशनमा सभापति सहित १३४ पदकालागि निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ ।


सभापति बाहेक अन्य पदमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका पार्टी केन्द्रिय कार्यालय सानेपा ललितपुरमा सिलवन्दी सहित कडा सुरक्षा बिच राखिएको छ ।
दिउँसो हुने सभापति पदको निर्वाचनको परिणामपछि अन्य पदको मतगणना हुने निर्वाचन समितिको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*